दमक,साउन २ । झापाको दमकस्थित आम्दा अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर प्रकाश शर्मा नियुक्त भएका छन् ।

नवनियुक्त मेसु शर्माले आजबाट आफनो कार्यभार सम्हालेका छन् ।
दमक ८ निवासी डा. शर्मासहित उनका श्रीमती डा. बिमला बुढाथोकी लामो समयदेखि अस्पतालमा कार्यरत रहदै आएका छन् । डा.शर्मा फिजिसिन तथा स्त्री रोग विशेषज्ञ हुन् भने डा. बुढाथोकी पनि स्त्री रोग विशेषज्ञ नै हुन् ।यसअघि मेसुको नेतृत्व करिव ७ वर्षदेखि अस्पतालका डाक्टर नविन ढकालले सम्हाल्दै आएका थिए ।ढकालले आफ्नो अगुवाईमा अस्पताललाई सामुदायिक अस्पताल बनाउने योजनासहित विभिन्न सेवा विस्तार लगायतका महत्वपूर्ण कामहरु गरेका थिए । आफनो कार्यभार सम्हालेपछि डा. शर्माले आम्दा अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको रुपमा स्थापित गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
आम्दा अस्पताल दमकमा सन् १९९२ मा स्थापना भएको र अहिले सवै किसिमका रोगीको स्वास्थ्य जाँचसहित सघन उपचार कक्ष समेत सञ्चालन गरिएको छ ।
भुटानी शरणार्थीहरुलाई लक्षित गरी स्थापना भएको सो अस्पतालले शरणार्थीसंगै शरणार्थी प्रभावित क्षेत्रका बिरामीहरुलाई समेत विस्तारै उपचार सेवा उपलव्ध गराउँदै आएको छ । अहिले दमकको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास हुँदै गएका आम्दाले मेची अञ्चलमा नै सवैभन्दा धेरै प्रसुति सेवा प्रदान गराउने संस्थाको रुपमा पहिचान बनाएको छ ।
दमक २ स्थित खरखरेमा आफनै सुविधासम्पन्न भवनमा सेवा दिदै आएको अस्पतालले स्वास्थ्य सेवासंगै स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्राविधिक बिषयहरुको पठनपाठन समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्