बिर्तामोड, साउन २ । सिकिस्त भएर अस्पताल भर्ना भएका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।

हिजो दिउँसो भर्ना भएका आचार्यको स्वास्थ्य अबस्थामा आज सुधार आएको बिर्ता सिटी हस्पिटलले जनाएको छ । पिसावमा इन्फेक्सन भएर ज्वरो आएपछि उनी हिजो डा. शरद भट्टराईलाई स्वास्थ्य जचाउँन हस्पिटल गएका थिए । त्यसबेला उनको डायबिटिज २२० देखिएपछि डाक्टरले उनलाई हस्पिटलमा भर्ना भएरै उपचार गर्नुपर्ने सुझाव दिए । आचार्य डायबिटिज र प्रेसरका पुराना विरामी भएको बताइएको छ ।
उनलाई हाल मेडिसिन क्याबिन नं ५ मा राखेर उपचार गराइरहेको अस्पतालका पब्लिक रिलेशन अफिसर बमबहादुर बस्नेतले बताए । उनले आचार्यको अबस्थामा सुधार आएपछि आज बिहानदेखि खाना खान दिएको जानकारी दिए । उनलाई उपचारका लागि केही दिन राखेर डिस्चार्ज गरिने हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्