झापा , साउन २ । नागरिकता किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ परी जेल चलान भएका छन् ।

पक्राउ परी जेल जानेमा ताप्लेजुङ डुम्रिसे एकुवे घर भई हाल बुद्धशान्ति गाँउपालिका ४ बस्ने ४२ वर्षिय भीमबहादुर खड्का रहेका छन् । हालसम्म फरार रही खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई बुद्धशान्तिबाट पक्राउ गरेको थियो । उनले ०७१– ऋच्(०४४३ नं को नागरिकता किर्ते गरी बनाएका थिए । जिल्ला प्रशासन कार्यालय झापाको पत्र जाहेरीले नागरिकता किर्ते मुद्दामा झापा जिल्ला अदालतको २०७३ जेठ ३१ गतेको फैसला बमोजिम खड्कालाई १ एक बर्ष ६ महिना कैद र पाँच हजार पाँचसय पचास रुपैयाँ जरिवाना तोकिएको थियो । पक्राउ परेका खड्कालाई अदालतमा पेश गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्