एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण ऐश्वर्या र आराध्या बच्चनलाई गएराति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनअघि बच्चन परिवारका चार सदस्यलाई कोरोना पोजिटिभ भेटिएको थियो ।त्यसपछि अमिताभ बच्चन र अभिषेक बच्चनलाई अस्पतालमा भर्ना गरिएको थियो । ऐश्वर्या र आराध्या भने होम क्वारेन्टाइनमा रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्