झापा । नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिएका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए । मुलुकभरका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्