झापा, साउन ३ । झापामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

कमल गाउँपालिका वडा नं ५ बस्ने ३४ वर्षिय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनी साउदी अरबबाट फर्केर शहीद धर्मभक्त मावि क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै हिजो बुद्धशान्ति गाउँपालिका वडा नं ६ का २२ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो । उनी भारतको सिक्किमबाट फर्केर बुद्धआदर्श मावि क्वारेन्टाइनमा बसेका थिए । दुवै संक्रमितहरुलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चांैलागाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३१२ पुगेको छ । त्यसमध्ये २७९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्