भद्रपुर, साउन ३ । प्याब्सन तथा एनप्याब्सनको निर्णयबिरूद्ध सस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सुरू गरेको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन निजी विद्यालय विभाग झापाले ऐक्यबद्धता जनाएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन निजी विद्यालय विभाग झापाका संयोजक राजु वरालले प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि कानुनले नदिएको बेतलवी सामुहिक विदा लगायतका निर्णय गैर कानुनी भएको भन्दै युनियनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
कोरोना संक्रमणले निजी विद्यालयका शिक्षक, कर्मचारीहरूको दैनिकी जटिल बनिरहेको अवस्थामा प्याब्सन, एनप्याब्सनले साउन १ गतेदेखि बेतलवी विदा दिने निर्णयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब सो निर्णय सच्याउन र निजी विद्यालयका शिक्षक कर्मचारीलाई तलब दिने वातावरण बनाउन माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्