झापा ,साउन ५ । झापामा तीनजना कोरोेना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरु तीनैजना पुरुष रहेका छन् । दुबईबाट फर्किएका दमक नगरपालिका वडा नं १ का पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनी निष्ट कलेज क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै गौरीगञ्ज गाउँपालिका वडा नं ५ का पुरुषमा संक्रमण देखिएको छ । उनी भारतबाट फर्केर गौरीगञ्ज पीएफसी भवनको क्वारेन्टाइनमा बसेका थिए । आजै कचनकवल गाउँपालिका ३ का एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । उनी पनि भारतबाट फर्केका हुन् । उनी विदेशबाट फर्केर लक्ष्मी मावि क्वारेन्टाइन बनियानीमा बसेका थिए । तीनैजना संक्रमितलाई कोभिड हस्पिटल गोठगाउँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३१६ पुगेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्