झापा , साउन ५ । लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेपछि झापा गाउँपालिका वडा नं २ सिमलबारीका सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

कनकाई नदीको बाढीले जनताको तटबन्ध भत्काएर मानव वस्तीमा प्रवेश गरेको हो । विस्थापितहरुलाई उद्धार गर्ने कार्य भइरहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । विस्थापितहरुलाई उद्धार गरी स्थानीय सितुमारी प्रावि र सेन्ट जोसेफ स्कूलमा ल्याएर राखिएको अध्यक्ष शाहले बताए ।उनले बाढीबाट सयदेखि एकसय पच्चीस परिवार विस्थापित भएको बताए । उद्धारमा सशस्त्र र जनपद प्रहरी , रेडक्रसकर्मी, स्थानीय , जनप्रतिनिधि लागेको जनाइएको छ । कनकाईको बाढीले राजघाट भन्ने स्थानमा करिव ३ सय मिटर बाँध भत्काएको हो । बाँध केही दिन अघि नै भत्केको भएपनि नदीमा बहाव बढेपछि भेल बस्तीमा छिरेको हो । सडकबारीेसँगै मिलनवस्ती, सालमारा, सितुमारी, लसुनगञ्ज बस्ती पनि जोखिममा परेको स्थानीय शिक्षक लोचन यादवले बताए । उनका अनुसार भारी वर्षा भए ती वस्तीका थप ३ सयदेखि ५ सय घर जोखिममा पर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्