बिर्तामोड, साउन ६ । विश्व कोरोना महामारीबाट गुज्रिरहेको परिस्थितिलाई मध्यनजर गरी विराट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ऋणको व्याजमा १० प्रतिशत छुट गरेको छ ।

बिर्तामोड –३ सैनिकमोडमा रहेको सहकारी संस्थाले पाकेको ऋणको व्याजमा १० प्रतिशत छुटवापत् आउने रकम १५ लाख ३२ हजार ९९६ रुपैयाँ मिनाहा गरेको जनाएको छ । साथै, ऋणमा हर्जना र जरिवाना नलिएको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले बताए ।
लकडाउनकोे अवस्थामा विराट बहुउद्देश्यीयले सामाजिक उत्तरदायित्वअन्तर्गत बिर्तामोड नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । लकडाउन जारी रहेका कारण आगामी दिनमा समेत सदस्यहरुका लागि गर्नसक्ने सहयोग र सहुलियतका बारेमा छलफल भइरहेको उनले बताए । ३ हजार २ सय सदस्य रहेको संस्थामा ५ सय ऋणी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्