झापा, साउन ६ । जनताको तटवन्ध भत्काएर झापा गाउँपालिकाको बस्तीमा छिरेको कनकाई नदीको बहावलाई साविक घाटमा फर्काउने सहमति भएको छ ।

बाढी र बाढीपीडितको बारेमा छलफल

कन्काई नदीलाई साविक घाटमा फर्काउनका लागि झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाबीच आज दिउँसो जनताको तटवन्ध कार्यालय गैडेमा छलफल भएको थियो । दुवै गाउँपालिकाबीच समस्याको समाधान गरेरै छाड्ने सहमति भएको बैठकमा सहभागी नेपाली काँग्रेसका नेता देउमान थेवेले जानकारी गराए ।

विद्यालयमा बसेका बाढीपीडित

त्यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, वडा अध्यक्ष नेत्रबहादुर खड्का , परिषद सदस्य राजकुमार कोच , रेडक्रस कुमरखोदका सुन्दरलाल गणेश , समसाद आलम, मिथिलेसकुमार गणेश , नारायण चम्लागाई , टेकवहादुर कार्की , मोहन कार्की ,जनताको तटवन्ध गैडेका ईन्जिनियर रिन्जे गुरुङलगायतले सडकवारीमा आएको बाढीको निरीक्षण गरी बाढीपीडितहरुसँग छलफल गरेका थिए । झापा गाउँपालिका २ सडकबारी पश्चिम कन्काई नदीमा बनाइएको जनताको तटवन्ध लगभग ३०० मिटर कन्काई नदीले भत्काएपछि अहिले सबैभन्दा जोखिम सडकबारी, सितुमारी,मिलनबस्ती,सालमारामा रहेको छ । किसानले लगाएको हजारौ विगाह धानवाली नष्ट हुने सम्भावना देखिएको छ ।
आजै झापा गाउँपालिका विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका प्रमुख शाहले लक्ष्मी प्राविमा विहान आपतकालिन बैठक बसी आफ्ना नागरिकलाई सुरक्षित राख्ने , धनजनको क्षति न्यूनीकरण गर्ने र कनकाई नदीलाई साविक घाटमा फर्काउने विषयमा छलफल गरेका थिए । कनकाई नदीको बाढी बाँध फुटाएर बस्तीमा प्रवेश गर्दा सडकबारी र मिलनवस्तीका १०३ परिवार विस्थापित बनेका छन् । उनीहरुलई स्थानीय लक्ष्मी प्रावि. र सितुमारी प्राविमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्