झापा, साउन ७ । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

पहिरो गएको ठाउँ

गएराति ९.३० बजेतिर बुद्धशान्ति गाउँपालिका वडा नं ५ मोतिडाँडामा पहिरो जाँदा तेजकुमार बराइलीको घर पुरिएको हो । जनताको आवास कार्यक्रमले उनको घर बनाइदिएको थियो । पहिरोमा परी उनको घरमा पाहुना आएका मेचीनगर नगरपालिका ९ बस्ने टेकबहादुर विकका १५ वर्षिय छोरा विवेकको मृत्यु भएको हो । घटनामा तेजकुमारकी ७७ वर्षिया आमा तिलमाया, छोरीहरु २१ वर्षिया कल्पना र १९ वर्षिया क्रिष्टिना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । माथिबाट खसेको पहिरोले घरको वाल भत्काउँदा उनीहरु थिचिएका थिए ।राति दुई घण्टा जेसीबी लगाएर उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए । पहिरोले नजिकको दुईवटा घर समेत जोखिममा परेको छ । त्यस परिवारका मानिसहरुलाई होस्ना चर्चमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्