बिर्तामोड , साउन ८ । फर्निचर तथा फनिसिङ व्यवसायी महासंघले छैटौ स्थापना दिवसको अवसर पारेर झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
महासंघले माईपश्चिमको दमक र माईपूर्वको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको महासंघका झापा अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए ।
बिर्तामोडमा भएको रक्तदानमा ३७ र दमकमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो । त्यसैगरी सोहि अवसरमा कनकाई नगरस्थित कनकाई माईमा एकका लागि एक अभियानद्वारा कोरोना भाइरस परिक्षण गर्ने निर्माणाधिन पिसिआर ल्याव सम्पन्न गर्नका लागि झापामा रहेका फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष गिरीले बताए । सो रकम एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीलाई हस्तान्तरण गरेको जनाइएको छ । बिर्तामोडमा भएको रक्तदान कार्यक्रममा महासंघका केन्द्रिय सचिव राजकुमार दाहाल, केन्द्रिय सदस्य खगेन्द्र खरेल, झापाका पूर्व वरिष्ठ उपाध्यक्ष ओमभक्त प्रसाई, वरिष्ठ उपाध्यक्ष रोहित आचार्य, उपाध्यक्ष हिमाल ओली, सचिव दिनेश सुवेदी, सहसचिव, गोविन्द सिटौला, कोषाध्यक्ष मानबहादुर कटुवाल, पूर्व जिल्ला सचिव छत्रवहादुर कार्की, जिल्ला सदस्य लीला वन, श्रीप्रसाद सिटौलाको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्