झापा , साउन ८ ।झापा गाउँपालिका वडा नं १ र २ का बाढीपीडितलाई कारितास नेपाल र नेपाल रेडक्रस सोसाइटीले झापाले खाद्य सामग्री र त्रिपाल वितरण गरेका छन् ।

कारितास नेपाल दमकले वडा नं १ का ८० परिवार र वडा नं २ का ३० परिवारसहित जम्मा ११० बाढीपीडित परिवारलाई खाद्य सामग्री वितरण गरेको हो । कारितास नेपाल दमक शाखाका प्रोग्राम मेनेजर देवेन्द्र पोख्रेलले एक कार्यक्रम गरी वाढीपीडितहरुका लागि प्रतिपरिवार २० केजी चामल , २ लिटर तेल , २ केजी दाल ,१ केजी सोयाविन , साबुन , विस्कुट,मास्क , सेनेटाइजर , सेम्पुलगायतका सामग्री वितरण गरेका थिए । त्यस्तै जिल्ला रेडक्रस सोसाइटी झापा शाखाले ५० थान त्रिपाल र पानी शुद्धिकरण गरी खाने औषधी वितरण गरेको थियोे । झापा गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले थप सहयोगको अपेक्षासहित दाताहरुलाई धन्यवाद दिएका छन् । राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी , वडा अध्यक्षहरु राजकुमार यादव , नेत्रबहादुर खड्का , जिल्ला रेडक्रसका कोषाध्यक्ष हेम खड्का , कुमरखोद रेडक्रसका सुन्दरलाल गणेश , विपद फोकल पर्सन दिपेन्द्र न्यौपाने , सचिव नारायणकुमार चम्लागाई , राजकुमार कोच , सन्त निरौला , टेकबहादुर कार्की , मिथिलेस गणेशलगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्