बिर्तामोड, साउन ९ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस झापामा मनाइएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड –४ झापाको आयोजनामा अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको हो । प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले स्वागत गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख राना, अर्जुनधारा –६ का वडाध्यक्ष लोकनाथ गौतमलगायतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको योेगदानको बारेमा चर्चा गर्दै उनले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै नगद समेत प्रदान गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालकहरु विष्णुप्रसाद चुँडाल , जनवहादुर जवेगू , अर्जुनधारा –६ का वडा सदस्यहरु अर्जुन मेचे, टुम्मनाथ काफ्ले, माया खाती, लक्ष्मी महतारा , प्रतिष्ठानका लेखापाल मिलन पोखरेल , सह–लेखापाल सौरभ भट्टराई , तारा न्यौपाने, मनुराम चिमरिया , दिवाकरलाल चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जयप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्