बुधबारे, साउन ९ । बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिका १ को भोटेटारमा आज जेसीज वन निर्माण गरेको छ ।

४.०२ हेक्टर क्षेत्रफलमा वन निर्माण गरिएको बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताए । बृहत बृक्षरोपण गर्दै निर्माण गरिएको वनमा ७ सयबढी विभिन्न जातका बिरुवा रोपिने बुधबारे जेसीजका सचिव अनिल वाग्लेले बताए । बुधबारे जेसीजका अध्यक्ष राई, जिल्ला वन इलामका रोङ सब–डिभिजन अधिकृत इन्द्रदेव यादव, बुद्ध शान्ति वडा नं १ का अध्यक्ष भिमकुमार नेवार, तीनतले सामुदायिक वन समिति उपाध्यक्ष सरद मगर, सचिव छत्रकुमारी फुँयाल, वन रक्षक इन्द्रप्रसाद खतिवडा, सशस्त्र वन रक्षक इन्द्र तामाङ, बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, बुधबारे जेसीजका कानूनी सल्लाहकार मुकेश भट्टराई, कार्यकारीणी उपाध्यक्ष गजुहाङ योङहाङ, उपाध्यक्ष सुजीत बराललगायत जेसीज सदस्यहरुको उपस्थितिमा जेसीज वन निर्माण गरिएको बुधबारे जेसिजका महासचिव दिपेन सिटौलाले जानकारी दिए ।बृक्षरोपण कार्यक्रममा तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिको पनि सहभागिता रहेको थियो ।योसँगै नेपालमा जेसीज वनको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्