झापा , साउन ९ । कनकाई नदीले झापा गाउँपालिकाको अर्को ठाउँमा बाँध भत्काएको छ ।

वडा नं ७ स्थित जनताको तटबन्ध भत्काउँदा झापा गाउँपालिकामा थप जोखिम बढेको छ । कन्काई नदीले वडा नं ७ को मदरगाछको कच्चुदहमा ३ सय मिटर बाँध भत्काएको हो । बाँध भत्किएपछि नदीको पानी गाउँतर्फ प्रबेश गर्न थालेको छ । जसबाट झापा गाउँपालिकाको वडा न ७ सहित १,२,३ का अधिकांस भूभाग डुबानमा पर्ने सम्भावना बढेर गएको छ । नदीले बाँधलाई तहतह भत्काउन थालेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । उनले नदीमा पानी कम भएकाले बस्तीसम्म नपुगेको र भारी वर्षा भए चारवटा वडाका धेरै बस्तीमा क्षति पुग्ने जानकारी दिए ।

यसैबीच आज विभिन्न राजनैतिक दल र कामु प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित तीनवटै सुरक्षा निकायका अधिकारीहरुले बाढी पसेको स्थानको अबलोकन गरेका छन । जनताको तटबन्धको पुरानो बाँधले त्यहाँ नदी नियन्त्रण गरिरहेको थियो । त्यसलाई बचाउन स्थानीय बासिन्दा, सुरक्षा निकाय गाउँपालिका, राजनीतिक दलले सक्दो प्रयास गरेको तर असफल भएको नेपाली कांग्रेसका नेता देउमान थेबेले बताए । त्यहाँबाट खोला पसेमा हुनसक्ने सम्भाबित जोखिम न्यूनीकरणका लागि स्थानीयबासीहरुलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा लाने र वर्षा रोकिएपछि नदीलाई साविक घाटमा फर्काउनको लागि छलफल भएको नेता थेबेले बताए । यसअघि झापा गाउँपालिकाको वडा नं २ मा जनताको तटबन्ध भत्किदा वडा नं १ र २ का ११० परिवार बिस्थापित बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्