मेचीनगर , साउन ९ । झापाको मेचीनगरमा धारिलो हतियार प्रहारबाट एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–२ स्थित भृकुटी निवासी ५० वर्षीय नारायण आचार्य रहेका छन् । उनलाई आज अपरान्ह ४ बजेतिर धारिलो हतियार प्रहार भएको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । हतियार प्रहार गर्ने एक ब्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ ब्यक्तिको बारेमा प्रहरीले खुलाएको छैन । घटनामा अरु पनि संलग्न हुनसक्ने आशंकामा अनुसन्धान प्रभावित हुनसक्ने भएकाले नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । कपडा पसल संचालक आचार्यमाथि के कारणले खुकुरी प्रहार भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्