दमक, साउन १० । गाउँमा लाइव्रेरी भाग २ स्थापना गर्ने उद्देश्यले रोट्याक्ट क्लब अफ दमकले शनिबारदेखि किताव संकलन शुरु गरेको छ ।

क्लवले शनिबार गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि बुकबिनको औपचारिक उद्घाटन गरी कार्यक्रम सुरुवात गरेको हो । रोट्याक्ट क्लब दमक बिगत ३ बर्षदेखि दमकमा रहेर विविध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
पठन संस्कृतिको विकाससंगै समाजमा शैक्षिक जागरण र चेतना विकास गरी गाउँगाउँमा लाइब्रेरी स्थापना गर्न औपचारिक रुपमा कार्य शुरुवात गरिएको क्लबका अध्यक्ष दधिराम ढकालले बताए ।समाजमा ब्याप्त सामाजिक फोहोरलाई बुकबिनमार्फत सफा गरिदै लगिने र लाइब्रेरीबाट समाज परिवर्तनमा युवाहरुलाई समावेश गराउने लक्ष्य राखिएको उनले बताए ।
बुकबिन उद्घाटन कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी ,रोटरी क्लब दमककी अध्यक्ष शान्ता ढकाल,रोटरी क्लब दमकका पूर्व अध्यक्षहरु गंगा ढकाल,मोहन ढकाल,सन्दिप चापागाईं,मुक्तिनाथ भट्टराई तथा विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उपमेयर अधिकारीले बुकबिनमा किताब छिराएर औपचारिक रुपमा उद्घाटन गरेकी थिइन् । सो अवसरमा एकैदिन २०० थान किताबहरु संकलन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्