झापा ,साउन १० । झापामा आज एकजना महिला कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा मेचीनगर नगरपालिका वडा नं १० की महिला रहेकी छन् । उनी भारतबाट फर्केर रोयल निर्वाण क्वारेन्टाइनमा बसेकाी थिइन् । उनलार्ई कोभिड हस्पिटल विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ३४६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्