भद्रपुर, साउन १० । लायन्स क्लव अफ भद्रपुरले महेशपुर आधारभूत विद्यालय भद्रपुर ४ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण गरेको छ ।

प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीको निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत प्राप्त रकमबाट विद्यालयका ६० जना विद्यार्थीलाई व्याग र ४०० थान कापी वितरण गरिएको हो ।
लायन्स क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा सहयोगको कार्यक्रम गर्दै आएको छ । विपन्न विद्यार्थीहरुलाई सहयोग गरी पढाइप्रति अभिरूचि बढाउन र प्रोत्साहित गर्न कार्यक्रम संचालन गरिएको हो । विपन्न आदिवासी तथा संथाल समुदायबाट धेरै विद्यार्थी अध्ययन गर्ने भएकाले सो विद्यालय छनौट गरी सामग्री वितरण गरिएको जनाइएको छ ।
प्रदेशसभा सदस्य सरावगीको प्रमुख आतिथ्य, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हंशधर राजवंशी, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, विद्यालय संरक्षक रोहित राजवंशी, कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेल, लायन्स क्लव अफ भद्रपुरका इमिडियट पास्ट प्रेसिडेन्ट यामबहादुर श्रेष्ठ, पास्ट प्रेसिडेन्ट तथा क्लव डाइरेक्टर शिवकुमार गुप्ता, प्रदीपमणि रेग्मी, लायन लिडरहरू उत्तम राजवंशी, अनिता राजवंशी, पार्वती ओझा, उर्मिला गौतम, अनिता रिजाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्