भद्रपुर,साउन ११ । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०७६—०७७ मा ९४.२४ प्रतिशत प्रगति हासिल गरेको छ ।

कार्यालयलाई प्रशासनिक खर्चसहित ५ करोडको हाराहारीमा बजेट आएको थियो । त्यसमध्ये ३३ लाखको हाराहारीमा बजेट समर्पण गर्नु परेको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले बताए । उनले कोरोना भाइरसको महामारीका कारण गोष्ठी , तालिम जस्ता कार्यक्रम गर्न नसकी प्रदेश सरकारलाई नै बजेट फिर्ता पठाउनु परेको जानकारी दिए । त्यस्तै गौरीगञ्जको कोरोबारीमा चौवन्नी सिमसार तथा कछुवा संरक्षण केन्द्रका लागि आएको १२ लाख बजेट फ्रिज भएको छ । आएको बजेटमध्ये ९ लाख खर्च भएर १२ लाख फ्रिज भएको घिमिरेले बताए । पानी परेर सिमसार सफा गर्न नसक्दा ठेकेदारले काम गर्न नसकेको जनाइएको छ । सो सिमसार क्षेत्र ३ विगाहमा क्षेत्रफलमा फैलिएको छ । डिभिजन वन कार्यालयले प्रदेश हरित अभियान, प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम, वन्यजन्तु तथा वासस्थान संरक्षण कार्यक्रम, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास कार्यक्रम गरी मुख्यतया ५ किसिमका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्