भद्रपुर,साउन १२ ।बन्दाबन्दी अन्त्य भएपनि कोरोना भाइरस संक्रमण बढ्ने अवस्था अन्त्य नभएको भन्दै प्रहरीले यात्रीहरूलाई सुरक्षा सावधानीका लागि माक्स अनिवार्य गर्दै कारवाही थालेको छ ।

केही दिनयता माक्स लगाए–नलगाएको खोजी नगरेको प्रहरीले आजबाट सदरमुकाम क्षेत्रमा कडाइ गर्दै माक्स अनिवार्य लगाउन कारवाही थालेको हो ।
चद्रगढीस्थित लेखनाथ चौकमा बिहान सवेरै चेकजाँच सुरू गरेको प्रहरीले माक्स नलगाउने यात्रीहरूलाई आधा घण्टासम्म उभ्याएर सचेत गरी छाडेको थियो ।
चन्द्रगढी ट्राफिक प्रहरीका इञ्चार्ज जनक तिम्सिनाका अनुसार कोरोना संक्रमण समुदायमा फैलने जोखिम बढेका कारण सरकारको निर्देशन अनुसार सुरक्षा सावधानीका लागि माक्स अनिवार्य गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्