लक्ष्मीपुर, साउन १२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले सचेतना सप्ताह शुरु गरेको छ ।

संस्थाले विभिन्न ७ वटा विधामा साउन १२ गते शुरु गरेको सचेतना १८ गतेसम्म सञ्चालन गरिने सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले जानकारी दिए । सहारा साकोस लक्ष्मीपुर सेवा केन्द्रद्वारा आयोजना हुने सचेतना कार्यक्रम लघुवित्त महिला सदस्यहरुमाझ सञ्चालन गरिने प्रमुख भारतीले बताए । सचेतना कार्यक्रमअन्तर्गत स्वास्थ्य सचेतना, प्राकृतिक प्रकोप पूर्वतयारी सचेतना, वित्तीय परामर्श सचेतना, बालबालिका शिक्षा सचेतना, करेसाबारी निर्माण कृषि सचेतना छन् । त्यसैगरी टनेल प्रविधि, अर्गानिक कृषि सचेतना र घर बगैचा निर्माण, पशु व्यवस्थापन तथा सरसफाई सचेतनालगायत रहेको भारतीले जानकारी दिए । सप्ताह कार्यक्रममा सावन मास्क वितरण, असहाय वालबालिकालाई छात्रवृत्ति वितरण, महिला समुह सदस्यलाई तरकारी वीउ वितरणलगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्