झापा ,साउन १२ । सुरक्षाकर्मीसँगै झापामा स्थानीय समुदायमा समेत कोरोना संक्रमण फैलिएको छ ।

जिल्लामा पहिलो पटक संक्रमितको सम्पर्कमा त्यति नरहेका समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो । बाह्रदशी गाउँपालिकाका दुईजनामा आज संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी २ का स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको गाउँपालिका कार्यालयले जनाएको छ ।चार दिन अघि क्वारेन्टाइनमा बसेका ब्यक्ति , जनप्रतिनिधि , स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई कोभिड हस्पिटल धरान पठाइएको छ । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको सँख्या १४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्