झापा , साउन १२ । भारततर्फ लैजान लागेको सुपारी ठूलो मात्रामा प्रहरीले बरामद गरेको छ ।

आज बिहान १.३० बजेको समयमा झापाको मेचीनगर नगरपालिका वडा नं ४ प्रसादगौँडास्थित नेपाल— भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएकोअवस्थामा एक हजार चार सय सत्तरी केजी सुपारी बरामद गरेको हो । अन्दाजी मुल्य चार लाख एकचालिस हजार मूल्य बराबरको सो सुपारी बरामद गरी आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्