शिवसताक्षी , साउन १३ । झापाको शिवसताक्षी नगरपालिका १० का बाढीपीडित ९ परिवारलाई विभिन्न संघसंस्थाले लत्ताकपडा वितरण गरेका छन् ।

कनकाई माईले विस्थापित गरेका ९ परिवारलाई डसना, ब्लाङ्केट, तन्ना र एक– एक थान झुल वितरण गरिएको हो । अगापे नेपाल , सतासीधाम जेसीज र कैलाश शिखर फाउन्डेसनले ती सामग्री उपलब्ध गराएका हुन् । लत्ताकपडा तथा झुल पाउनेहरुमा बाबुराम दर्जी,बोलवती ऋषिदेव, भुपाल चौधरी, श्यामलाल ऋषिदेव, मिना ऋषिदेव, तारा शेर्मा, प्रेम उप्रेती, गीता ऋषिदेव र लालु ऋषिदेवको परिवार रहेकोछ । म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष बिनोद ढकालको प्रमुख आतिथ्यमा ती राहत सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्