झापा , साउन १३ । बिर्तामोडका एकसहित झापामा तीनजना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा बिर्तामोड नगरपालिका वडा नं ६ का ३२ वर्षिय पुरुष रहेका छन् । उनी भारतबाट फर्केर मेची आँखा अस्पताल क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै झापा गाउँपालिका वडा नं १ का दुई पुरुषमा पनि संक्रमण देखिएको छ । उनीहरु पनि भारतबाट फर्केर डिल्लीराज मावि क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरुलाई उपचारका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाइले बताए । योसँगै जिल्लामा संक्रमितको सँख्या ३५१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्