झापा, साउन १५ ।झापाका ८६ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका जिल्लाका ३५१ जनामध्ये ३०४ जना निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बाँकी ४७ जना कोभिड हस्पिटलमा उपचाररत रहेका छन् । त्यस्तै जिल्लाका ५८ जनामा आरडिटी पोजिटिभ देखिएको छ । हालसम्म पिसिआर टेष्ट १० हजार ४०३, आरडिटी टेष्ट ३ हजार ४२३ , पिसिआर र आरडिटी दुवै १३ हजार ८२५ जनालाई गरिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्