भद्रपुर, साउन १५ । सदरमुकामका बासिन्दालाई लक्षित गरेर नेपाल बहुद्देश्यीय सहकारी संस्थाले पाँचौं सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भद्रपुर १० स्थित लेखनाथ चौकमा सहकारी पसलको औपचारिक उद्घाटन गरेपछि पाँचौ पसल सञ्चालनमा आएको हो ।
उद्घाटनपछि उप्रेतीले मिसावटरहित दैनिक उपभोग्य गुणस्तरीय सामग्री सर्वसुलभ मूल्यमा बिक्री गर्नेगरी पसल सञ्चालनमा ल्याइएको बताए ।
पसल इञ्चार्ज सुमन पोखरेलका अनुसार चन्द्रगढीको पसलबाट अधिकतम खाद्यान्न परिकार र केही कस्मेटिक सामग्री सर्वसुलभ मूल्यमा बिक्री हुनेछन् ।
सहसंयोजक भगवती घिमिरेले सर्वसाधारणले उपभोग्य सामग्रीमा चर्को मूल्य तिर्नु पर्ने बाध्यता अन्त्यका लागि चन्द्रगढीको पसल महत्वपूर्ण रहने विश्वास व्यक्त गरिन् ।बहुद्देश्यीय सहकारीको अवधारणा अनुसार सो सहकारीले कृषि उत्पादन, बैंकिङ, पसल सञ्चालनलगायतका क्षेत्रमा काम गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्