दमक, साउन १५ । झापाको दमक नगरपालिकाको न्यायिक समितिमा अधिकांश आर्थिक लेनदनसम्बन्धी किचलो आउने गरेको पाईएको छ ।

पछिल्लो एक बर्षमा दर्ता भएका कूल २ सय एक मुद्धामध्ये झण्डै आधा आर्थिक लेनदेनको भएको नगरपालिकाको न्यायिक समितिकी संयोजक तथा नगर उपप्रमुख गीता अधिकारीले बताइन् । ती मुद्धामध्ये आधाको हाराहारीमा पछ्र्यौट हँुदै आएको छ ।
गत बर्षको साउन १ देखि असार मसान्तसम्ममा विभिन्न १४ प्रकृतिका २०१ मुद्धा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतले जानकारी दिए ।
दर्ता भएका मुद्धामध्ये ९५ वटाको छिनोफानो गरिएको छ । जसमध्ये न्यायिक समितिबाट मात्रै किनारा लाग्न नसकेका १९ वटा मुद्धाका सम्बन्धित व्यक्तिलाई अदालत जान सुझाइएको छ भने ९५ वटा मुद्धा न्यायिक समितिको छलफलकै क्रममा रहेको नगरपालिकाकी न्यायिक समिति संयोजक अधिकारीले बताइन् । न्यायिक समितिमा गएको एक बर्षमा आर्थिक लेनदेनसम्बन्धी ४८ मुद्धा दर्ता भएकोमा २१ वटाको निरुपण गरिएको, ४ वटा मुद्धाका सम्बन्धित पक्षलाई अदालत जान सुझाइएको र २३ वटा निरुपण गर्ने प्रकृयामा रहेको जनाइएको छ । लेनदेनपछि उस्तैउस्तै प्रकृतिको सम्पति रोक्कासम्बन्धी ३९ मुद्धा दर्ता भएको र तीमध्ये १७ वटा मात्रै निरुपण गरिएका छन् भने जग्गासम्बन्धी ३२ मुद्दामध्ये ११ वटा निरुपण गरिएको न्यायिक समितिकी सदस्य मिना विश्वकर्माले बताइन् ।
आर्थिक लेनदेनपछि पारिवारिक झगडासम्बन्धी पनि उजुरी उच्च संख्यामा आउने गरेको समितिले जनाएको छ । गएको वर्ष २४ वटा त्यस प्रकृतिका मुद्धामध्ये १३वटा सुल्झाइएको र २ वटा मुद्धा अदालत पठाइएको न्यायिक समितिले निकालेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्ष २०७५— ०७६ मा पनि २०० वटा मुद्धा परेका थिए । तीमध्ये २८ वटा विवाद निरुपण हुन सकेका थिएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्