दमक, साउन १५ । दमकको वेलडाँगी रोड निवासी सामाजिक व्यक्तित्व हरि ढकाल र उनकी श्रीमती रुपा ढकालले बिहीबार दमक ४ मा रहेको रत्न जेष्ठ नागरिक बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

आश्रममा बस्दै आएका ज्येष्ठहरुको खानपानमा सहयोग पुर्याउन ढकाल परिवारले आश्रममा पुगेर चामल ५० केजी, भुजा ३ केजी ,चिनी ५ केजी ,सूर्यमुखी तेल १० लिटर,आलु २० केजी,कोपि १० केजी, नुहाउने साबुन १२ पिस ,कपडा धुने साबुन १२ पिस लगायतका सामग्री बितरण गरेका हुन् । त्यस्तै ढकाल दम्पत्तीले आश्रममा बस्दै आएका ७ जना ज्येष्ठलाई बिहीबार खिर पनि खुवाएका थिए ।खाद्यान्नका लागि अमेरिकामा बस्दै आएका ढकालका ज्वाइँ सनातन पोखरेल र छोरी बिभा ढकाल पोखरेलले रकम उपलव्ध गराएका थिए ।
सामग्री हस्तान्तरणमा आश्रमका सदस्य अशिम राईले बिदेशमा भएर पनि आफ्ना ठाउँको आश्रमलाई सम्झिएर सेवा पुर्याँएकोमा दाता परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।
करिव एक दशकदेखि सो आश्रम स्थानीयस्तरवाट सञ्चालन हुँदै आएको छ ।
त्यस्तै गएको फागुनमा आगलागीवाट विस्थापित भएका कमल गाउँपालिका ५ मंगलवारेका शेरबहादुर पन्धाकलाई लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ कमलले आर्थिक सहयोग गरेको छ ।
चुम्लुङले सातवटै वडा समितिमार्फत संकलित ५१ हजार ५७५ रुपैयाँ पीडित परिवारलाई प्रदान गरेको चुम्लुङकी गाउँ कार्यसमितिकी कोषाध्यक्ष चन्द्रकला सुब्बाले बताईन् । पीडितको घरैमा पुगेर चुम्लुङका अध्यक्ष पुण्यप्रसाद सम्बाहाम्फेसहितको टोलीले नगद सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा चुम्लुङका गाउँ समितिका पदाधिकारी, चुम्लुङका सातवटै वडाका अध्यक्ष तथा सदस्य र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
विद्युत सर्ट भई लागेको आगलागीवाट पन्धाकका काठको घरसहित सवै सरसामान पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्