एजेन्सी । कुवेतले आफ्नो देशमा नेपालसहित ७ देशका नागरिकको प्रवेशमाथि रोक लगाएको छ ।
कुवेत सरकारले विगत साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टबाट फेरि सुचारु गर्ने निर्णय गरेको छ ।बिहीबार बिहान कुवेत सरकारले पहिलो अगस्टबाट नेपाल, भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका, ईरान र फिलिपिन्सबाट आउनेबाहेक अन्य देशमा रहेका कुवेती नागरिक र प्रवासीहरुले आवतजावत गर्न सक्ने निर्णय गरेको हो ।.कुवेतको सो नियमबाट आठ लाख भारतीयलाई स्वदेश फर्किनु पर्ने अबस्था आएको छ ।त्यस्तै धेरै नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन् ।