झापा, साउन १६ । सरकारले दुई कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्नका लागि अनुमति दिएको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियतदरमा चिनी उपलव्ध गराउनका लागि दुई वटा कम्पनीलाई आयात गर्ने अनुमति दिएको हो । चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने हुँदा मूल्य बढ्ने र कालोबजारी हुने गर्दछ । बजार मूल्य नियन्त्रण गर्नका लागि सरकारले दुई वटा कम्पनीलाई चिनी आयात गर्न अनुमित दिएको हो ।
सहुलियतको ३० हजार टन चिनीमध्ये साल्ट ट्रेडिङ कर्पोरेशन २० हजार टन र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन चिनी आयात गर्न अनुमति दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले चाडपर्वलाई लक्षित गरेर दुई वटा कम्पनीलाई ३० हजार टन चिनी आयात गर्ने अनुमित दिएको उनले जानकारी दिइन् ।

उद्योग मन्त्रालयको प्रस्ताव र अर्थ मन्त्रालयले अनुमतिमा मन्त्रिपरिषद्ले दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति उनको भनाई छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न मन्त्रिपरिषदबाट स्वीकृत प्राप्त उनको भनाइ छ । सरकारी कम्पनीमा चिनीको मौज्दात कम हुँदै गएपछि उद्योग मन्त्रालयले अर्थसँग दुवै कम्पनीमार्फत ५० हजारटन चिनी आयतका लागि सहमति मागेको थियो । तर अर्थमन्त्रालयले ३० हजारटनका लागि मात्रै स्वीकृत दिएपछि उक्त प्रस्ताव मन्त्रालयले यसै साता मन्त्रिपरिषद्मा पठाएको थियो ।
नेपालमा दैनिक दुई हजार टन चिनी खपत हुन्छ । हाल साल्ट ट्रेडिङ कर्पाेरेसनसँग एक हजार टन मात्रै चिनीको मौज्दात बाँकी छ । नेपाली चिनी उत्पादन गर्ने उद्योगहरूसँग चिनीको मौज्दात सकिएको उद्योगीहरूको भनाइ छ ।
यसअघि साल्ट टे«डिङ कर्पाेरेसनले भारतबाट चिनी आयात गरेर बजारमा सस्तो मूल्यमा बिक्री गर्दै आएको थियो । यो वर्षदेखि खाद्य कम्पनीलाई समेत चिनी आयात गर्ने दिएको हो । चिनीको आयातमा अहिले भन्सार महसुल ४० प्रतिशत छ । तर सरकारी सुविधामा ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिएको हो । कर्पाेरेसनले चार महिना अघि नै ५० हजार टन चिनी आयात गर्नका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । गत वर्ष कर्पाेरेसनले १० हजार टन चिनी आयात गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्