विर्तामोड, साउन १६ । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको दोस्रो पद हस्तान्तरण गरिएको छ । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०१९–०२० की प्रेसिडेन्ट भूमिका पोखरेलले इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशललाई पिन लगाएर कलर, गंग र ग्यावल हस्तान्तरण गरेर पदभार हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशलले वर्ष २०२०–०२१ का सम्पूर्ण बोर्ड मेम्वर र मेम्वरहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । कार्यक्रममा पद हस्तान्तरण गर्दै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०१९–०२० की प्रेसिडेन्ट भूमिका पोखरेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउँदै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिएकी थिइन् ।


कार्यक्रममा पदभार ग्रहण गर्दै इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशलले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा काम गर्ने योजना अघि सारेको वताइन् ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशलको अध्यक्षता तथा समाजसेवी सरोज वंशलको प्रमुख आतिथ्य र इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेलको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सरोज वंशल समाजसेवी श्याम वंशलले इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनले स्थापना गरेको सनसाइन कोषका लागि पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउन वर्ष २०२०–०२१ की प्रेसिडेन्ट रेनु वंशलका प्रथम पुरुष रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशलले होटलमा गरिने खर्चिलो पद हस्तान्तरण कार्यक्रम कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफूले नि ःशुल्क घरको कोठा उपलव्ध गराएर त्यहीं पद हस्तान्तरण कार्यक्रम गरेर मितव्ययिता अपनाएको वताए । कार्यक्रममा इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनकी मेम्वर लुना वस्नेतले स्वागत गरेकी थिइन् भने आइएसओ मोनिका अग्रवालले इनरह्वील प्रेयर वाचन गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्