राजगढ , साउन १६ । कोरोना संक्रमित बाह्रदशी गाउँपालिकाका स्थानीय समुदायका दुई व्यक्तिहरुको सम्पर्कमा आएका ४१ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

ती संक्रमितहरुको सम्पर्कमा आएका ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसको रिपोर्ट आज आएको हो । सबैको रिपोर्ट नेगेटिभ आएको बाह्रदशी गाउँपालिका ३ का वडा सदस्य लक्ष्मी निरौलाले बताईन् । तीन दिन अघि कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणका लागि स्वाब पठाइएको थियो । गाउँपालिकाको संभावित संक्रमित क्षेत्रलाई सिल गरी मंगलबारदेखि कन्ट्याक्ट ट्रेसिङ थालिएको थियोे । मंगलबार संक्रमितहरुको परिवार र उनीहरुको सम्पर्कमा आएका ४१ जनाको स्वाब संकलन गरिएको थियो । बाह्रदशीमा पहिलो पटक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो । संक्रमित हुनेहरुमा एकजना राजनीतिक कार्यकर्ता र अर्का स्वास्थ्यकर्मी रहेका छन् । बाह्रदशी २ मा निजी क्लिनिक संचालन गरेका स्वास्थ्यकर्मी र वडा नं ३ का नेकपाका एक कार्यकर्तालाई संक्रमण देखिएको हो । उनीहरु धरानमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्