झापा , साउन १६ । झापा अर्जुनधारा १ स्थित सिस्नेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनी काठमाडौँ गएर आएका व्यक्ति हुन् । उनी छिमेकीलाई लिएर सोमबार काठमाडौँ गएका थिए । उनले काठमाडौँमा नै स्वाब संकलन गराएर बुधबार झापा फर्किएका थिए । उनी ३१ वर्षीय पुरूष हुन् । गएको ३ दिनमै उनी घर फर्किएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
उनले बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको खबर पाएका थिए । उनलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।
शाखा प्रमुख बस्नेतका अनुसार संक्रमित व्यक्तिको घरपरिवार ‘सिल’ गरिसकिएको छ । उनको परिवारमा ८ जना सदस्य छन् । उनीहरुको पनि पाँच दिनपछि स्वाब संकलन गरिने भएको छ ।
परिवारका सदस्यमा पनि संक्रमण फेला परेको खण्डमा संक्रमित व्यक्ति डुलेको गाउँघरको ‘कन्ट्याक ट्रेसिङ’ गरिने प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्