बिर्तामोड ,साउन १६ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले आफ्नो शेयर सदस्यको ऋण मिनाह गर्नुको साथै राहत प्रदान गरेको छ ।

बिर्तामोड नगरपालिका–१० स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था शाखा कार्यालयका शेयर सदस्य शैलेन्द्र राजबंशीको निधन भएपछि उनले लिएको सामूहिक जमानत कर्जा १लाख मिनाह गर्नुको साथै २५ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिएको हो।
संस्थाको सैनिक बजार कार्यालयगत उपसमिति संयोजक मनु मुखियाले उक्त राहत सदस्य स्व. राजबंशीकी श्रीमती लखिसरी राजबंशीलाई हस्तान्तरण गरेकी थिइन्। संस्थाले पाँच हजार शेयर रकम भएका दम्पति (पति वा पत्नी)को निधन भएमा २५ हजार, १०हजार शेयर भएका दम्पतिको निधनमा ५०हजार र श्रीमान–श्रीमती दुबैको १०–१० हजारभन्दा बढी शेयर रकम भएका दम्पति (पति वा पत्नी)को निधनमा ७५हजार राहत रकम उपलबध गराउने नियमअनुसार उक्त रकम राजबंशीको परिवारलाई हस्तान्तरण गरिएको सैनिकबजार कार्यालय प्रमुख विशाल ढुंगानाले बताए।
सो अवसरमा सैनिकबजार कार्यालयअन्तरगत इकाई नम्बर २का संयोजक रत्नबहादुर बस्नेत, सदस्य ओम गुरुङ, कर्मचारी पवन मैनाली, चन्द्रबहादुर राई,निशा लिम्बू, लक्ष्मीप्रसाद शिवाकोटीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्