बिर्तामोड ,साउन १६ । बिर्तामोडमा विगत १० वर्षदेखि टेलरिङ व्यवसाय गर्दै आएका बैजन्तकुमार राजवंशीले कनकाईको लक्ष्मीपुरमा व्यवसाय विस्तार गरेका छन् ।

बिर्तामोडको हिकोला रोडमा रहेको दिल्ली टेलरिङ सेन्टरका संचालक राजवंशीले लक्ष्मीपुरमा नमस्ते टेलरिङ हाउस खोलेका हुन् । जसको शुक्रबार एक कार्यक्रमका बीच कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरे । कार्यक्रममा बाह्रदशी गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, कन्काई ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य हरि नेपाली, मार्केट संचालक नेत्र नेपाललगायतले सफलताको शुभकामना दिएका थिए । टेलरिङ हाउसका संचालक राजवंशीले ब्रान्डेड सुटिङ सर्टिङका कपडा बिक्री गरिनुका साथै उच्चस्तरीय सिलाइअन्तर्गत स्कूलका पोशाक , विवाहका कपडालगायत जेन्स र लेडीजका सम्पूर्ण पोशाक तयार गरिने जानकारी दिए । कार्यक्रममा कनकाई ९ का वडाध्यक्ष प्रेम राजवंशी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया,नेपाली कांगे्रसका लीलाबहादुर कट्वाल , हिमाली माविका प्रधानाध्यापक केशव ओझा, गोर्खा टेलरिङ सेन्टरका वीरु दर्नाललगायतको उपस्थिति रहेको थियो । प्रवीण राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन अभय राजवंशीले गरेका थिए । उद्घाटनका अवसरमा नमस्ते टेलरिङ हाउसले लक्ष्मीपुर चोकमा वडाध्यक्ष कट्वाल र इलाका प्रहरी कार्यालय घैलाडुब्बाका सई डिल्ली खरेलको उपस्थितिमा ४०० वटा मास्क वितरण गरेको छ । त्यस्तै हिमाली माविका दुईजना जेहेन्दार एवं गरीव विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्