झापा , साउन १६ । इलाममा आज थप पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । योसंगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या १० जना पुगेको छ ।

सबै संक्रमित सशस्त्र प्रहरीको एक नम्बर गण इलाममा कार्यरत रहेका छन् । साउन ११ गते १५ जनाको स्वाव संकलन गरी पठाईएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी बल एक नम्बर गणका प्रमुख एसपी सुधीरजँग थापाले बताए ।
संक्रमण देखिएका सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पताल पठाइएको गणका एसपी थापाले जानकारी दिए ।
गणका ४० जनाको रिपोर्ट आउन बाँकी रहेको र थप ४० जनाको स्वाव संकलनको तयारी भईरहेको छ । उनले गणमा संक्रमण देखिएपछि सबैलाई सेल्प क्वारेन्टाईनमा राखिएको र कार्यालयमा आउँजाउँ बन्द गरिएको बताए । इलाममा आज पाँच जना थपिएसँगै संक्रमितको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्