झापा , साउन १७ । मुलुकमा दण्डहीनता मौलाएको र सरकार स्वेच्छाचारी बनेको दाबीसहित नेविसंघले झापामा प्रदर्शन जारी राखेको छ ।

नेविसंघले झापाले शुक्रबार भद्रपुर , गौरादह र गौरीगञ्जमा प्रदर्शन गरेको सभापति राजेन्द्र उप्रेतीले बताए । पत्नी हत्यामा आजीवन काराबासको सजाय भुक्तान गरिरहेका रन्जन कोइरालालाई साढे आठ वर्षमा नै छाडिएपछि शक्ति र पैसाको आडमा न्यायालयलाई नै प्रभावमा पारिएको नेविसंघको निश्कर्ष छ । नेविसंघले रन्जनलाई पूरा सजाय हुनु पर्ने, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रणालाई महाअभियोग लगाई कारबाही गर्नु पर्ने लगायतका माग गरिरहेको छ । प्रदर्शनमा नेविसंघले ‘नेपाली संप्रभुता जिन्दावाद, न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सुशासन कायम गर ,केपी ओली मूर्दावाद ,रामको अनादर सहने छैन, हिन्दू धर्मको अनादर नगर, चिनियाँ अतिक्रमण स्वीकार्य छैन , चिनियाँ हस्तक्षेप मूर्दावाद, भारतीय बिस्तारवाद मूर्दावाद, हाम्रो भूमि फिर्ता गर ’लगायतका नारा सडकमा लगाइरहेको छ । नेविसंघले मंगलबार बिर्तामोड, धुलाबारी , बुद्धशान्तिलगायतका स्थानमा प्रदर्शन गरेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्