बिर्तामोड, साउन १७ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै कुटपिट भएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् । सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेल विवादबारे छलफल भइरहेको बताए । प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।
सञ्जेल भ्रष्टाचार विरोधी अभियानको अभियान्ताको रुपमा चिनिन्छन् भने उनको खरो स्वभावले धेरैलाई आक्रोशित तुल्याउने गरेका छन् । यस अघि पनि सञ्जेल माथि यौन दुव्र्यवहार गरेको अभियोग महिला कर्मचारीबाट लागेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्