भद्रपुर, साउन १९ । कोरोनाको संक्रमण समुदायमा पनि देखिन थालेपछि विभिन्न संघसस्थाहरुले सहयोग गर्न थालेका छन ।

सोही क्रममा रोटरी क्लव अफ भद्रपुरले सोमवार भद्रपुरस्थित चन्द्रगढी वजारमा निशुल्क मास्क वितरण गरेको छ ।वढी भीडभाड हुने स्थान वीरेन्द्र मावि अगाडीदेखि हाट वजार लाग्ने भित्री भागमा १३ सय वटा मास्क वितरण गरिएको रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट आदित्य पराजुलीले जानकारी दिए । रोेट््रयाक क्लब र इन्ट््रर्याक क्लव अफ भद्रपुरको सहयोगको मास्क वितरण गरिएको भाइस प्रेसिडेन्ट डा. नवराज कोइरालाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्