शिवगञ्ज , साउन २० । झापा शिवसताक्षी— ६ का जेष्ठ नागरिकलाई मनोसामाजिक परामर्शसहित सम्मान गरिएको छ ।

लामो लकडाउन र कोरोना महामारीका कारण जेष्ठ नागरिकमा नैराश्यता र बेचैनी बढ्ने सम्भावनालाई ध्यानमा राखेर मनोसामाजिक परामर्श दिइएको हो । वडाका ६० जना जेष्ठ नागरिकको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षक टिकाप्रसाद लामिछानेले जीवनप्रतिको सकारात्मक सोच,जोशजाँगर र उत्प्रेरणा जगाउने विषयमा केन्द्रित रहेर परामर्श दिएका थिए । कार्यक्रममा आधा किलो हर्लिक्ससहित दोसल्ला ओढाएर जेष्ठ नागरिकलाई तुलसीप्रसाद अधिकारी, वडा सचिव नवराज घिमिरे, वडा सदस्य लक्ष्मीप्रसाद गुरागाईंलगायतले सम्मान गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । शिवसताक्षी — ६ मा ‘निरन्तर जनताबीच’ नयाँ कार्यक्रम सञ्चालन भइरहेको कार्कीले बताए । उनले युवादेखि जेष्ठ नागरिकसम्म र सबै वर्ग समुदाय लाभान्वित हुने कार्यक्रम सञ्चालन भइरहेको जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्