झापा , साउन २० । भारतको सिक्किममा बालबालिकाबीच लिम्बू भाषाको अनलाइन कविता प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा सिक्किमभरिका ६५ जना बालबालिकाले भाग लिएका थिए । याक्थुङ साप्सोक साप्लोन चुम्बो सुखिमले आयोजना गरेको प्रतियोगिताको फाइनलमा १५ जना बालबालिका पुगेका छन् । प्रतियोगिताको पहिलो राउन्ड १० जुलाइदेखि १५ जुलाइसम्म भएको थियो । फाइनल राउन्ड भने अगस्टको दोस्रो साता हुने भएको छ । लकडाउनका कारण घरमै बसेका बालबालिकालाई राम्रो काममा ब्यस्त बनाउन सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ हजार, ११ हजार र ८ हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्