झापा, साउन २० । भन्सार छलेर नेपाल भित्रियाउँदै गरेको १९ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।

सांकेतिक तस्वीर

मंगलबार मेचीनगर नगरपालिकाको वडा नं ७ गैरीगाउँस्थित नेपाल भारत सिमानाको दशगजामा लुकाईछिपाई ल्याउँदै गरेको ४ लाख ७५ हजार मूल्य बराबरको मोबाइल सेट प्रहरीले बरामद गरेको हो । बरामद गरिएका सेटहरुमा रेडमी ८ का पाँच थान र रेडमी ८ए का १४ थान रहेका छन् । बरामद गरिएको सामान मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्