भद्रपुर ,साउन २१ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा स्थापित पिसिआर ल्याबमा आजदेखि कोरोनाको नियमित परीक्षण शुरु भएको छ ।

उद्घाटन कार्यक्रम

आज एक कार्यक्रमकाबीच संघीय सांसद पवित्रा निरौला खरेलले पिसिआर ल्याबको उद्घाटन गरिन् । जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् । कार्यक्रममा प्रदेश सांसदहरु विमला बिक, झलकसिंह दर्लामी, ओमप्रकाश सरावगी , गाउँपालिकाका तर्फबाट कमल अध्यक्ष मेनुका काफ्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले पिसिआर ल्याबको आबश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए । प्रदेश १ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा ल्याव स्थापना गरिएको हो । दुई दिनसम्म नमूना
परीक्षण गरिसकेपछि अब नियमित परीक्षण थालिने अस्पतालका मेसु ठाकुरले जानकारी दिए । स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि ल्याव तयार गरिएको थियो । योसंगै मेची अस्पतालमा २५ शैय्याको आइसोलेशन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले
मेची प्रादेशिक अस्पताललाई दुई वटा भेन्टिलेटर समेत उपलब्ध गराएको छ । झापासहित इलाम, पाँचथर र ताप्लेजुङले स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आएका छन्। अब मेची अस्पतालमै पिसिआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्