भद्रपुर, साउन २१ । खानेपानी संस्थान भद्रपुरले समयमै पाइपलाइन मर्मतसंहार नगर्दा ढलको पानी मिसिएर धारामा अशुद्ध पानी वितरण भइरहेको पाइएको छ ।

संस्थानको व्यवस्थापन पक्षको लापरवाहीले जथाभावी फुटेका पाइपलाइनबाट भद्रपुर नगरपालिका क्षेत्रको पिउने पानी प्रदुषित बनेको हो ।
पटक–पटक पिउने पानीको फुटेको पाइपलाइनबाट मिसावट भएर ढल प्रवेश गर्दा जनस्वास्थ्यमा जोखिम बढेको भन्दै संस्थान नेतृत्वसित गुनासो गर्दा समेत सुनुवाइ नभएको स्थानीय उपभोक्ताले गुनासोे गरेका छन् ।
निर्माणाधीन मेची राजमार्ग तथा भद्रपुर नगरभित्रका विभिन्न निर्माणाधीन भित्री सडकमा फुटेका पाइपलाइन मर्मत सुधारमा संस्थान नेतृत्वले बेवास्ता गरिरहेको जनाइएको छ । संस्थानको लापरवाहीप्रति वडा कार्यालयदेखि नगरपालिकासम्म गुनासो गरेको भएपनि सुनुवाइ नभएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्