झापा ,साउन २२ । वडा नं २ का दुई बाबुछोरीसहित मेचीनगर नगरपालिकाका आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्केका १० वर्षिया बालिका र उनका बुवालाई कोरोना पुष्टि भएको हो । आमा , बुवा र छोरी सँगै भारतबाट फर्केर अतिथि सदन क्वारेन्टाइनमा बसेका थिए । त्यसमध्ये आमालाई संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनीहरुसँगै मेचीनगरका अन्य ६ जना पुरुषलाई पनि आजै संक्रमण देखिएको छ । वडा नं ५, ७ र ११ का ती व्यक्ति पनि भारतबाट फर्केर सोही क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरुलाई मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चौलागाईले जानकारी दिए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ३९२ पुगेको छ । त्यसमध्ये ३४० जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्