बिर्तामोड साउन, २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे । उनले ठाउँ–ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए । यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए ।
‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।
यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ । सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ । यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्